२४ भदौ २०८३, बुधबार | September 9, 2026

घोराहीमा माओवादीका हेमराजको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि



दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाइरहेका छन् ।

शर्माले २ हजार ८८४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का नरुलाला चौधरीले भने २ हजार ५३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवार बन्नुभएका नेपाली कांगे्रसका भुपबहादुर डाँगीले तीन हजार १०० मत प्राप्त गरेका छन् । एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गरेकी छिन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९ अर्थात् ६७।७६ प्रतिशत मत खसेका थियो ।

त्यसैगरी लमही नगरपालिकामा कांग्रेससले अग्रता लिएको छ । सो नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गरेका छन्। गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०,कांगे्रसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा कांगे्रसका शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र एमालेका सीता चौधरीले ४९१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ३० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी