२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमाको मतगणना रोमाञ्चित बन्दै, एमाले कांग्रेसको आलोपालो अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमाको थपिने मत परिणाम निकै रोमाञ्चित तरीकाले अगाडी बढिरहेको छ । प्रत्येक मतपेटिका खोल्दा गठबन्धन र एमालेको मेयर पदका उम्मेदवारको आलोपालो अग्रता भेटिएपछि तिलोत्तमाको मतगणना रामाञ्चित बन्न पुगेको हो ।

पछिल्लो मत परिणाममा ३२१४ मत गणना गर्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले ११६१ मत पाएका छन् भने उनको पछिपछि एमालेका मोहन चापागाईंले ११२८ मत पाएका छन् ।

उम्मेदवारमा भने आज बिहानै देखि एमालेकी जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । उनको पछिल्लो मत १०३४ रहेको छ । चौधरीलाई गठबन्धनबाट माओवादी उम्मेदवार हेमलाल पाण्डेले ५५४ मतका साथ पछ्याईरहेका छन् ।

तिलोत्तमाको वार्ड नम्बर १ मा एमालेको अग्रता छ भने १७ मा कांग्रेसले अग्रता लिएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ४५ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी