भरतपुर । एमालेका प्रतिनिधिहरुको विरोधपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।
मतसंकेतका विषयमा विवाद भएपछि मतगणना नै रोकिएको हो ।
वडा नं. को गणना जारी रहँदा एक मतपत्रमा रहेको स्वास्तिक छापको संकेतलाई सदर या बदर गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरुले आपत्ति जनाएका थिए । एमालेले सूर्य चिन्हमा लगाइएको छाप मधुरो देखिएका कारण त्यसलाई बदर गरिएपछि आपत्ति जनाएको छ ।
विवादपछि मतगणनास्थलमा होहल्ला भएको थियो । एमाले प्रतिनिधिहरुले त्यो मत सदर गर्नुपर्ने माग राखेका छन् । आफुहरुको माग पुरा नभएसम्म मतगणनामा नबस्ने एमाले प्रतिनिधिहरुले अडान राखेका छन् ।
पछिल्लो परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालले १८६७ मत पाएकी छिन् भने र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।


















प्रतिक्रिया