६ बैशाख २०८१, बिहिबार | April 18, 2024

आज लुम्बिनी आउँदै भारतीय प्रधानमन्त्री मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदैछन् । बुद्ध जयन्तीको अवसर पारेर मोदी आज पहिलोपटक लुम्बिनीको भ्रमण गर्न लागेका हुन् ।

मोदीसँग भेटवार्ता गर्न र बुद्धजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा एक दर्जन मनत्रीसहित हिजै लुम्बिनी पुगेका छन् ।

मोदी आज बिहान साढे १० बजे भारतीय वायु सेनाको हेलिकोप्टरबाट लुम्बिनी पुग्नेछन् । भारतको कुशीनगरसम्म भारतीय विमानमा आउने मोदी त्यसपछि हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका हुन् ।
लुम्बिनी उत्रिएपछि मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मोदीले र देउवाले लुम्बिनी परिसरमा भारतले बनाउन लागेको बिहारको शिलन्यास गर्नेछन् । भारतको संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) निर्माणमा १ अर्ब ६० करोड रुपैयाँ खर्च हुने बताइएको छ ।

त्यसपछि मोदी लुम्बिनी नजिकै रहेको पवल प्यालेस होटलमा विश्रामका लागि जानेछन् । त्यहीँ नेपाली समकक्षी देउवासँग मोदीको दुईपक्षीय भेटघाट हुनेछ भने समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले मोदीको सम्मानल सोही होटलमा दिवा भोज आयोजना गरेका छन् ।

त्यसपछि त्यसपछि अपरान्ह दिउँसो दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।

मोदी लुम्बिनी आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । नेपालका सबै सुरक्षा निकाय लुम्बिनीमा परिचालन गरिएको छ । यस्तै मोदीको सुरक्षाका लागि भन्दै भारतको स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी) केही दिनदेखि नै लुम्बिनीमा परिचालन गरिएको छ । भारतीय जासुसी संस्था रअका कैयौं जासुसहरु पनि झण्डै दुई हप्तादेखि लुम्बिनी र आसपाको क्षेत्रमा रहेको बताइएको छ ।

भारतले आफ्नो बुद्ध सर्किट अन्तर्गत राखेको लुम्बिनीका विषयमा मोदीले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । कुशीनगरलाई केन्द्र बनाएर लुम्बिनीलाई पनि भारतीय बुद्ध सर्किटमा जोड्दा संख्यात्मक हिसाबले भोलिको दिनमा पर्यटकहरु आएको देखिएपनि नेपालको वास्तविक पर्यटन प्रवद्र्धनमा भने दीर्घकालीन असर पर्ने भन्दै कतिपय विश्लेषकहरुले चिन्ता समेत व्यक्त गरेका छन् । भारतीय बुद्धसर्किटअन्तर्गत संसारभरका पर्यटक भारतहुँदै लुम्बिनी आउँदा लुम्बिनीमा केही घण्टा मात्र घुम्ने र भारत नै फर्किने अहिलेको अवस्था झन बढी व्यवस्थित बन्ने जसका कारण तिलौराकोट, देवदह, रामग्राम लगायतका नेपाली बौद्धसर्किट अन्तर्गतका सम्पदा ओझेलमा पर्ने उनीहरुको विश्लेषण छ । यस्तै, भारतले कुशिनगर अन्तराष्ट्रिय विमानस्थललाई बौद्धमार्गी पर्यटकका लागि मार्केटिङ गर्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल समेत ओझेलमा पर्ने चिन्ता समेत जताइएको छ ।

 

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ३५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी