७ आश्विन २०८३, बुधबार | September 23, 2026

माथिल्लो दोर्दी ‘ए’ को विजुली जेठको अन्तिममा राष्ट्रिय प्रणालीमा जोडिने



लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ ।

लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो । संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो ।

आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । आयोजनाको पुनर्निमाणको काम अन्तिम चरणमा पुगेकाले जेठ अन्तिमबाट व्यवसायिक विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट ०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो ।

प्रसारण लाइनको समस्या, कोरोना महामारी र बाढी पहिरोको कारण उत्पादन तालिका धकेलिदै आएको हो । यस अघि आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माण गर्दा लागत बढेको छ ।

आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ । दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युत गृहमा लगेर पानी खसाल्नेछ ।

रन अफ द रिभरमा आधारित उक्त आयोजनाले २०७१ बैशाख १५ मा विद्युत उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैया रहेको छ । आयोजनाबाट वाषिर्क १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । नदीको वहावमा आधारित ९रन अफ द रिभर० प्रकृतिको आयोजनाको प्रतिफल १५।४५ प्रतिशत छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : २८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज