७ आश्विन २०८३, बुधबार | September 23, 2026

गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका कोपिलामणिले जिते बागलुङ-१२ को वडाअध्यक्ष



काठमाडौं । पाँच दलीय गठबन्धनलाई चुनौती दिँदै बागलुङको वडा नं. १२ मा स्वतन्त्र उम्मेदवारी दिएका कोपिलामणि शर्मा वडाअध्यक्षमा विजयी भएका छन् । शर्माको प्यानल नै विजयी भएको छ ।

जिल्लामा गठबन्धन बनाएर चुनाव लडेको नेपाली कांग्रेसले वडा नंं १२ अमलाचौरमा जनमोर्चालाई छोडिदिएको थियो । तर, पार्टीले गरेको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका स्थानीय पाका नेता कोपिलामणि शर्माले प्यानलै बनाएर चुनाव लडेका थिए । सोमबार सम्पन्न मतगणनामा शर्माले २०७४ मा एमालेबाट वडा अध्यक्षमा निर्वाचित गुरुप्रसाद पाठकलाई ५ सय मतान्तरले पराजित गरेका छन् ।

वैशाख ३० गते भएको निर्वाचनमा मुढा चुनाव चिन्ह लिएका शर्माले पाठकलाई ५४९ मतले पराजित गरेका हुन् । शर्माले १३३८ मत प्राप्त गरे । उनका निकतटम प्रतिस्पर्धी पाठकले ८०१ मत ल्याए । यस्तै गठबन्धनबाट उठेका लोकनाथ शर्माले १७८ मत प्राप्त गरे ।

गाउँमा सबैसँग राम्रो सम्बन्ध रहेका शर्मा २०४९ सालदेखि लगातार स्थानीय निर्वाचनमा लड्दै आएका थिए । तर, बारम्बार पराजित भएपनि हरेश नखाएका शर्मालाई अहिले अमलाचौरबासीले न्याय गरेका छन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई