१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

दशरथचन्दको मेयरमा एमालेका लख्खाभाई, उपमेयरमा कांग्रेसकी चन्द



बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्कर राज जोशी लख्खाभाई विजयी भएका छन् । अन्तिम मत परिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन् ।

अहिले वडा न। ५ को केहि मतगणना बाँकी रहेकै बेला लख्खाभाईले गणना हुनु भन्दा ५ गुणा बढीको मतान्तर बनाएका छन् । लख्खाभाईले अहिले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ । लख्खाभाई २०७४को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए । अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन् ।

यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन् । नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन् । उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।

एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न।१मा बिष्णु भट्ट, वडा न।२मा सुर्य बोहरा, वडा न।३मा अजव पाण्डेय, वडा न।४मा भानदेव भट्ट, वडा न। ७मा हरीदत्त बडु, वडा न।९मा मोहन देव जोशी, वडा न।११मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न।५ मा महेन्द्र कार्की, वडा न।८मा चामुसिंह थापा र वडा न।१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ३३ बजे

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो