२४ भदौ २०८३, बुधबार | September 9, 2026

गठबन्धन धेरै प्रभावकारी भएन : एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘बल्ल परिणामहरू आउनेक्रम सुरु भएको छ । गठबन्धनको त्यति धेरै प्रभाव हाम्रो पार्टीको लागि भएन । तर पनि यो एउटा प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला बनिसकेको छैन,’ आज संसद बैठकबाट बाहिरिने क्रममा श्रेष्ठले भने ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृति समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाबीच पाँच दलीय गठबन्धन बनेको थियो ।

स्थानीय तहको परिणामले गठबन्धन टुट्छ त ? भनि पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘यो सबै परिणामहरु आइसकेपछि समिक्षा हुनेछ । राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । यसको छुट्टै महत्व छ ।’

आज विहान मात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि चुनावी परिणामलाई लिएर गठबन्धनप्रति असन्तुष्टी जनाएका थिए । उनले गठबन्धनको समिक्षा गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : १५ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै