७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेको छ ।

मंगलबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नु भएकोे पेश गरेका हुन् । शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताए ।

अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने उल्लेख गरे । उनले विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने उल्लेख गरे । मन्त्री शर्माले आन्तरिक उत्पादन घट्दै गएको र आयात अत्याधिक रुपमा बढ्दै गएकाले वर्तमान अर्थतन्त्रमा चुनौति रहेको दोहो¥याए । उनले आगामी आर्थिक वर्षको बजेट उत्पादन बढाउने र आयातलाई घटाउनमा केन्द्रित हुने उल्लेख गरे ।

आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि अर्थमन्त्री शर्माको भनाइ छ । उनले बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट विनियोजन गर्ने बताए । मन्त्री शर्माले कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने उल्लेख गरे । उनले सन्तुलित र समावेशी आर्थिक विकास गरी ग्रामिण विकास र सामाजिक न्यायलाई प्राथमिकता दिएर बजेट निर्माण गरिने बताए ।

आगामी बजेट निर्माण गर्दा विनियोजित कुशलता र मितव्ययिता, सेवा प्रवाहमा सुधार तथा स्रोत परिचालनमा प्रभावकारी बनाउने अर्थमन्त्री शमाले बताए । कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्ने उनले उल्लेख गरे । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेट आउने मन्त्री शर्माले बताए । उनले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने बताए ।

अर्थमन्त्री शर्माले बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्दै निरपेक्ष गरिबी, सिमान्तकृत, दलित तथा आमजनताका आधारभूत आवश्यकता पूरा हुने गरी बजेट आउने बताए । उनले सार्वजनिक ऋणलाई वाञ्चित सीमा भित्रै राख्दै आर्थिक स्थायित्व कायम गरिने समेत बताउनु भयो । मन्त्री शर्माले खेतीयोग्य सबै जमिनको उपयोग, गर्ने, जमिनमा सामूहिक खेती प्रणालीलाई बजेटमा जोड दिइने उल्लेख गरे । औद्योगिक विकास, उद्योगको क्षेत्र बढाउने, औद्योगिक ग्राम बढाउने, उत्पादनमूलक उद्योग उत्पादन गर्न प्रोत्साहन दिइने समेत उनको भनाई छ । स्थानीय तहमा पुग्ने कम्तीमा एउटा सडक बाह्रै्र महिना चल्ने गरी विकास गर्ने मन्त्री शर्माले बताए ।

मन्त्री शर्माले विद्युत प्रसारण लाइन, लघु, मझौला जलविद्युत् आयोजनालाई प्राथमिकता दिई सबै नागरिकको पहुँचमा विद्युत पु-याउने गरी बजेट आउने बताए । आधारभूत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच बढाउने, विद्यालय शिक्षाको गुणस्तर बढाउने, माध्यामिक शिक्षा पाएका युवालाई आयआर्जनको सीप सिकाउने समेत नीति आउने भएको छ । बाह्य पर्यटक आकर्षित गर्न अभियान चलाइने गरी, होटल पर्यटन व्यवसायको पुनरुत्थानको कार्यक्रम समेत बजेटमा आउने बताए । त्यस्तै अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा कार्यक्रमलाई दीगो बनाउने घोषणा समेत गरे ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : ०६ बजे

कांग्रेबाट संसद बैठकमा अवरोध, १५ मिनेटकालागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ ।

सुनको मूल्य तोलामा नौ सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता–चन्द्रप्रसाद ढकाल

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ