११ चैत्र २०८२, बुधबार | March 26, 2026

झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष



इलाम । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार जीत बहादुर राईलाई पराजित गर्दै एमालेका उम्मेदवार कुशबहादुर थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धन दलहरूको तर्फबाट माइजोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका जीत बहादुर राई उम्मेदवार बनेका थिए ।

थेबेले पाँच हजार १५३ मत प्राप्त गर्दा राईले चार हजार ९१३ मत पाएका छन् । राईले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका थिए । एमाले विभाजन पछि उनी नेकपा एसमा लागेका थिए ।

उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी प्रविना राई निर्वाचित भएकी छिन् । उनले एमालेकी उम्मेदवार सावित्रा भट्टराईलाई पराजित गरिन् । राईले पाँच हजार १५९ मत पाउँदा भट्टराईले भने चार हजार ८८३ मत पाएकी छिन् । भट्टराईले पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी थिइन् ।

माइजोगमाई गाउँपालिका ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेश सोङ्मी लिम्बु निर्वाचित भएका छन् । उनले ७५० मत पाउँदा काँग्रेसका भोगेन्द्र थेवेले ६८१ मत पाएका छन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : ५९ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई