काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले लगातार अग्रता बढाइरहेका छन् ।
बुधबार बिहान उनले अग्रता ६ हजारले बढाएका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन् ।
यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३७७ मत ल्याएका छन् । बालेनले स्थापितसँग ६ हजार तीन सय ८४ मतको अग्रता लिएका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार ५३५ मत ल्याएकी छन् ।
अहिले काठमाडौंको वडा नम्बर, ३, ४, ५, ६, २९, ३०, ३१, ३२ को मतगणना भइरहेको छ । अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् ।


















प्रतिक्रिया