१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

स्टिल कारखानामा फसेको सयौँ युक्रेनी सैनिकको उद्धार



किभ । युक्रेनले मंगलबार दुई महिना भन्दा लामो समयदेखि मारिउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा फसेका आफ्ना सयौँ सेनालाई उद्धार गरिएको पुष्टि गरेको छ ।

उपरक्षामन्त्री हान्ना मालियारले अत्यन्तै नराम्ररी घाइते भएका ५३ जना सैनिकलाई रुस समर्थित लडाकुहरूको नियन्त्रणमा रहेको नोभोआजोभ्स्क सहरमा लगिएको बताएकी छन् ।

उनले अन्य २११ जनालाई मानवीय उद्धार मार्गमार्फत लडाकुको कब्जामा रहेको अर्को सहर ओलेनिभ्कामा पुर्‍याइएको बताएकी छन् । रुसले यसअघि घाइते युक्रेनी फौजलाई बाहिर लाने विषयमा एउटा सम्झौता भएको बताएको थियो ।

रोयटर्सले सोमबार साँझ दक्षिणी बन्दरगाह सहर मारिउपोलस्थित विशाल औद्योगिक क्षेत्रबाट लामो समयदेखि स्टिल कारखानाको भूमिगत तल्लामा लुकिरहेका युक्रेनी फौज बोकेर गएका करिब एक दर्जन बस देखिएको जनाएको छ ।

आफ्नो भिडियो सम्बोधनमा मंगलबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, “युक्रेनी सेना, गुप्तचर निकाय, बार्तामा संलग्न टोलिहरू, रेडक्रस तथा संयुक्त राष्ट्र संघको यस उद्धार अभियानमा सहभागिता रहेका छन् । युक्रेनलाई आफ्ना योद्धाहरू जीवित चाहिन्छ । उनीहरूलाई तत्कालै रुसी फौजले मुक्त गर्ला जस्तो छैन । यसका लागि अर्को वार्ताको आवश्यकता हुने छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्टिल कारखानामाबाट लगिएका युक्रेनी सेनालाई सम्बन्धित अन्तर्राष्ट्रिय कानुनअनुसार नै व्यवहार गरिने मंगलबार बताएका छन् । बीबीसीबाट

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ०० बजे

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात