६ आश्विन २०८३, मंगलबार | September 22, 2026

भैरहवामा विजय जुलुस हिँडेकाे मिनी ट्रक दुर्घटना, ६ जना गम्भीर घाइते



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयाेग भएकाे मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् । मतगणना स्थलबाट एमालेकाे विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ४२ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक