३० श्रावण २०८३, शनिबार | August 16, 2026

मुस्ताङका चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी



मुस्ताङ । मुस्ताङका पाँच पालिकामध्ये चारवटामा एमाले र एउटामा नेपाली कांग्रेसले जितेका छन् ।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित भएको छ ।

यसैगरी लो–घेकर दामोदरकुण्डमा एमालकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका छन् ।

त्यस्तै बारागुङ मुक्तिक्षेत्रको अध्यक्षमा एमालेका रिनजिङ नामगेल गुरुङ र उपाध्यक्षमा पनि एमालेकै ढिकी गुरुङ तथा थासाङको अध्यक्षमा एमालेको प्रदीप गौचन निर्वाचित भएका छ ।

त्यस्तै घरपझोङको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन र उपाध्यक्षमा कांग्रेसकै जमुना थकाली निर्वाचित भएका छन् ।

जिल्लाभर १३५ पदमध्ये एमालेले ९७, कांग्रेसले २४, माओवादीले दुई, राप्रपाले दुई र नेकपा एकीकृत समाजवादीले एक सिट जितेका छन् ।

उम्मेदवारी नपरेपछि दलित महिला सदस्यको नौ पद रिक्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट लोमान्थाङको वडा नम्बर २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ, लोघेकर दामोदरकुण्डको १ मा टै धुन्टु ठकुरी, २ मा थुक्तेन छिरिङ गुरुङ, ३ मा झब्याङ तेन्जिङ गुरुङ, ४ मा झयाङ छेसा गुरुङ, ५ मा पासाङ गुरुङ, बारागुङ मुक्तिक्षेत्र १ मा प्रमेश गुरुङ, ३ मा विनोद गुरुङ, ५ मा सुरेन्द्र गुरुङ, घरपझोङ ३ मा फलेन्द्रप्रसाद थकाली, ५ मा प्रदीप थकाली र थासाङ २ मा गौतम शेरचन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

कांग्रेसबाट लोमान्थाङ १ मा पेमा आङग्या गुरुङ, ५ मा ढुकके विष्ट, वारागुङ मुक्तिक्षेत्र २ मा न्होरु गुरुङ, ४ मा कर्म घ्याचो गुरुङ, घरपझोङ १ मा आशबहादुर थकाली, २ मा मनबहादुर हीराचन, ४ मा यामप्रसाद थकाली, थासाङ १ मा सुरेश थकाली, ३ मा हरिप्रसाद गौचन, ४ मा नरेन्द्र शेरचन र ५ मा रुपेश तुलाचन वडाध्यक्षमा निर्वाचित भएका छन् ।

१३५ पदमा २२६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । एकल उम्मेदवारी परेको लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीनतीन वटा वडाका जनप्रतिनिधि निर्विरोध भएका थिए । कूल दश हजार ४८५ जना मतदातामध्ये सात हजार ५५७ अथवा ७२.०७ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : २९ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो