२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बुटवलका मिलन चौकमा बम विस्फोट गराएको आरोपमा नेकपा माओवादीका महासचिव सहित ३ जना पक्राउ



बुटवल । स्थानीय तह निर्वाचनको अघिल्लो दिन बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विफोट गराएको आरोपमा नेकपा माओवादी माओवादी नामको पार्टीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल (कमरेड नेपाल), केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

बैशाख २८ गते साँझ ८ बजे बुटवल-९ मिलनचोकमा रहेको आकाशे पुल मुनी प्रेसरकुकर बम बिस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताए । प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरेर माओवादी कार्यकर्ताहरुलाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ परेकाहरुलाई जेठ १ गते बुटवलको नयागाउँ क्षेत्रको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको एसपी रेग्मीले बताए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ ।

उनीहरुबाट नेपाल बन्द सफल पारौ, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेट समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिछेद ७ बमोजिम बिस्पmोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरि थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख रेग्मीले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ५ : ०३ बजे

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

काठमाडौं । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने

जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौं । स्वास्थ्य बिमा गराएका, काठमाडौं महानगरपालिकाभित्रका १ लाख बिमितको

प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता