५ पुस २०८२, शनिबार | December 20, 2025

आइपिएल : लखनउ प्लेअफ पुग्ने दोस्रो टिम



काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि नयाँ टोली गुजरात टाइटन्स प्लेअफमा स्थान बनाएको छ ।

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए । नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रनको योगदान गरे । लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३-३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो ।

लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए ।

जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : २७ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा