७ आश्विन २०८३, बुधबार | September 23, 2026

बिद्युतसँग मागियो पटक पटक विद्युत अवरुद्ध हुनुको सूचना



नेपालगञ्ज । नेपालगञ्जमा बिद्युत अनियमित भएपछि नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रसँग सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका ४ जना स्थानीयले संयुक्त रुपमा सूचना माग गर्दै बिद्युतमा निबेदन दर्ता गराएका हुन् ।

सूचना मागकर्ताहरुले बिद्युतसँग नेपालगञ्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण मागेका छन् । उनीहरुले एक दिनमा बिद्युत सेवा अवरुद्ध हुने समय, सो को बिबरण माग गर्नुका साथैे समस्या कहिले सम्म रहन्छ र सो समस्या समाधानका लागि गरिएको पहल बारे थाहा मागेका छन् ।

निबेदकहरुले बिद्युत सेवा प्रबाह अनियमित हुनुको कारण माग्दै बिद्युत सेवा अवरुद्ध हुने बारेको सूचना कसरी, कुन माध्यमबाट प्रबाह हुने गरेको छ सो को बिबरण माग गरेका छन् ।

त्यसैगरि बिद्युत सेवा अनियमित हुँदा उपभोक्ताले कहाँ, कसरी, कुन माध्यमबाट गुनासो गर्ने, गुनासो सुनुवाईको व्यवस्था के गरिएको छ ? सो को जानकारी समेत उपलब्ध गराउन माग गर्दै हाल बिद्युत सेवा अवरुद्ध हुने बारे जारी गरिएको सूचनाको छायाँकपि मागेका छन् ।

नेपालगञ्ज–१२, बाँकेका नमस्कार शाह नेपालगञ्ज–१० बाँकेका हेमराज भट्ट, मन भण्डारी र नेपालगञ्ज–४ का शर्मिला थापाले संयुक्त रुपमा सूचना माग्दै निबेदन दर्ता गरेका हुन् ।

गर्मी याम सुरुभएसँगै नेपालगन्जमा हरेक दिन बिना सुचना दर्जनौ पटक बिद्युत अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : ३५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज