७ आश्विन २०८३, बुधबार | September 23, 2026

आशा छ बालेन दाइ !



मतगणनाको अग्रपंक्तिमा हुनुहुन्छ
जित हजुरकै हुनेछ,
भन्ने आश छ
बालेन दाइ !

कवयत्री

टेबल तलबाट हात छिरायर
गनेको कालो धनले
छोरा, छोरीलाई पजेरो चढाई
स्टेथेस्कोप किन्न पठाउने बुढो राजनीति
भन्दा हजुरको पक्कै फरक हुनेछ
भन्ने आश छ
बालेन दाइ !

मतगणनाको अग्रपंक्ति हुनुहुन्छ
जित हजुरकै हुनेछ
भन्ने आश छ
बालेन दाइ !

हजुरले योजना बनाएर
पढाइ र सिकाइ प्रयोग गर्दै
राजधानीको रुप फेर्न खोज्नु होला
तर यहाँ त पाटिवाला ठेकेदारको
औंठा छापले हजुरको सहिलाई
लुकाइदिन्छन्
बालेन दाइ।
जित त हजुरकै होला
भन्ने आश छ
बालेन दाइ!

तर संगत गुनाको फल भन्छन्
हजुरलाई नपुगेको उमेर पुग्यो भनेर
बुढो राजनीतिमै रमाउने बनाइदिन्छन कि
भन्ने डर पनि छ
बालेन दाइ।
मतगणनाको अग्रपंक्तिमा हुनुहुन्छ
जित हजुरकै हुनेछ
भन्ने आस छ
बालेन दाइ!

हामी छोरीचेलीबेटीको अस्तित्व
दिन दहाडै लुटिँदा
बलत्कारीलाई फाँसी दियर
हाम्रो जीउँदै मरेको आत्मलाई
न्याय कसैले दियन
बालेन दाइ !
छोरीको सुन्दर भविष्यको सपना
देखेका हाम्रा बा आमाको आँखा
जिउदो लास माथी आँसु खसाल्न
विवस छ!

राजधानीलाई सफा बनाउन
फोहोर उठाउन खोज्दा
जडियको बुढो राजनितिले
देलान नदेलान
तर
कसैको कुरा नसुनी मन काला
भयका बल्त्कारीहरुलाई यो
सन्सार देखिनै उठाइदिनु है
बालेन दाइ !

लुटियका छोरीहरुलाई
न्याय दिलाइ दिनु है बालेन दाइ।
मतगणनाको अग्रपङ्तिमा हुनुहुन्छ
जित हजुरकै हुनेछ
भन्ने आश छ
बालेन दाइ!

‘नो हर्न’ लेखेको नबुजेर हो कि
कानुनलाई नटेरेर हो
हाम्रा डाँडा पारीको घाम भैसक्नु भएको
हजुरबुवा हजुरमुमाको नसुन्ने कानको
जाली खलबलाउने गरी हर्नको दुरुपयोग
गर्नेलाई सवारी साधन चलाउन
बन्देज लगाइदुन है
बालेन दाइ!

विदेशी पर्यटक सामु छाति फुलार
हाम्रो राजधानी राम्रो राजधानी
भन्न सक्ने बनाउनु है
बालेन दाइ!

मतगणनाको अग्रपन्तिमा हुनुहुन्छ
जित हजुरकै हुनेछ
भन्ने आस छ
बालेन दाइ!

जित हजुरकै हुनेछ
बालेन दाइ!

 

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११