२३ बैशाख २०८३, बुधबार | May 7, 2026

साउदी अरब र अष्ट्रेलियाका लागि प्रस्तावितत राजदुतद्वय सुवेदी र पोखरेल संसदीय सुनुवाइमा



काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफनै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिएका छ्न ।

बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफनो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै प्रश्तावित राजदुत सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताएका हुन । उनले साउदी अरेबियासँगको सम्बन्धलाई थप सुदृढ बनाउने र लोकतान्त्रिक मानव अधिकारको पक्षमा पनि कुरा राख्ने बताए । प्रस्तावित राजदुत सुवेदीले जलवायु परिवर्तनको सम्बन्धमा पनि इन्टरनेशनल फोरम र साउदी अरेबियासँग छलफल गर्ने बताए ।

राजदुत सुवेदीले भने, ‘हज गर्न जानेहरुको संख्या न्यून भयो भन्ने गुनासो देशैभर छ । त्यसलाई २ हजारसम्म अनुरोध गरौँ भन्ने कुराहरु भएको छ र त्यसम्बन्धी २ हजारसम्म बढाउने गरी हामीले कुराकानी गर्नै कार्ययोजना छ । अर्को कुरा मक्का मदीना र काउण्ट विश्वविद्यालयमा मुस्लिम स्टडिजको लागि नेपाली स्कलरहरु इच्छुक हुनुहुँदो रहेछ, केहीले पढिरहनुभएको पनि रहेछ । त्यसको कोटा पनि अलि बढाउनु पर्छ भन्ने कुरा आएको छ । छात्रवृत्तिको कोटा बढाउन पहल गर्ने भन्ने कार्ययोजना छ । लोकतान्त्रिक मानव अधिकारको पक्षमा पनि कुरा राख्नेछौँ । साथै जलवायु परिवर्तनको सम्बन्धमा पनि इन्टरनेशनल फोरमहरुमा जानकारी गराउँदै जान्छौँ । साउदीमा पनि जानकारी गराउनेछौँ । साउदीको रियादमा नेपाली राजदूतावास भाडामा नै रहेछ । त्यहाँ आफनै भवनको लागि विभिन्न स्वीकृति लिएर सुरक्षा स्वीकृतिसँग जोडिएका कुराहरुमा पनि अनुमोदन गर्ने प्रक्रियामा लाग्नेछौँ ।’

त्यस्तै अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत कैलाशराज सुवेदीले दुवै देशको उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने बताए । पोखरेलले व्यापार अभिवृद्धि र लगानी अभिवृद्धिका बारेमा विशेष पहल गर्ने कार्ययोजना रहेको बताए । पोखरेलले नेपाल र अष्ट्रेलियाबीच सिधा वायु सेवाको बारेमा पनि विशेष पहल गर्ने बताए । उनले पर्यटकहरु र नेपाली विद्यार्थीहरुलाई यसले धेरै सहयोग पुग्ने अपेक्षा राखेको बताए । अष्ट्रेलियाले केही देशहरुमा विद्यार्थीहरुलाई कृषिमा भिसा दिइरहेको नेपाली विद्यार्थीहरुलाई दिन विशेष पहल गर्ने बताए ।

पोखरेलले भने ‘दुवै देशमा हाईलेभल भिजिटहरु कम देखिन्छ । त्यसैले सम्पर्कसमितिहरुको बैठक बसिरहने वातावरण निर्माण गर्नेछु । व्यापार अभिवृद्धि कसरी गर्ने भन्ने बारेमा पनि वातावरण बनाउनेछु । लगानी अभिवृद्धि कसरी गर्ने भन्ने कुरा निरन्तर रुपमा छलफल गर्नेछौँ । अर्को कुरा भनेको डाइरेक्ट एयर सर्भिस हो । विद्यार्थीहरु पनि यताबाट धेरै गइरहेको र उताबाट पर्यटक पनि ल्याउनु छ । त्यसैले एग्रिमेण्ट साइन भइसकेको छ तर एयरर सर्भिस शुरु भइ नसकेकोले त्यसलाई शुरु गर्न विशेष पहल गर्नेछु । अन्य केही देशले एग्रिकल्चर भिसा पाएका रहेछन, नेपाली विद्यार्थीहरुलाई पनि पाउने वातावरणमा काम गर्नेछु । साथै वैदेशिक सहायता पनि अष्ट्रेलियाले प्रविधिसहित, उनीहरुको कृषिमा राम्रो छ । त्यसैले कृषिमा प्रविधिसहितको वैदेशिक सहायता लिन पाइयो भने त्यसले हामीलाई सहयोग गर्नेछ ।’

प्रस्तावित पोखरेलले अष्ट्रेलिया आसपास रहेका स–साना (भानुआटु, टुभालु, सोलोमन, आइल्याण्ड र सामोआ) जस्ता राज्यका विद्यार्थीहरुलाई नेपालमा अध्ययनको लागि केही छात्रवृत्ति दिएर सम्बन्ध बिस्ता र सुधार गर्ने योजना रहेको पनि बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : ५३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा