१ पुस २०८२, मंगलबार | December 17, 2025

मकवानपुरका ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक (नामावलीसहित)



हेटौंडा । मकवानपुर जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० वटा पालिका रहेको जिल्लामा ८ वटा पालिकको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

८ वटा पालिका मध्ये ६ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बाँकी रहेको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ ।

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट (९७१९) र उपमेयरमा कांग्रेसका भरत गोपाली (८६०७) विजयी भएका हुन् । त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती (९३६६) र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर ९६४७०० विजयी भएका हुन् ।

बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने (११२९२), उपाध्यक्षमा माओवादी केन्द्र भक्त बहादुर खत्री (९५२२), मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान (६७०६), उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन (६११०), विजयी भएका हुन् ।

यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान (४८९७), उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल (४०८८), राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल (५४८१), उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्तम थिङ (४८३९) विजयी भएका हुन् । त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी ९३७२२० र उपाध्यक्षमा उमा कुमारी लामा (३७२५) विजयी भएका हुन् । भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा ९५५९१० र उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ (५३१५) विजयी भएका हुन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : ५६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष