१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मकवानपुरका ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक (नामावलीसहित)



हेटौंडा । मकवानपुर जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० वटा पालिका रहेको जिल्लामा ८ वटा पालिकको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

८ वटा पालिका मध्ये ६ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बाँकी रहेको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ ।

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट (९७१९) र उपमेयरमा कांग्रेसका भरत गोपाली (८६०७) विजयी भएका हुन् । त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती (९३६६) र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर ९६४७०० विजयी भएका हुन् ।

बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने (११२९२), उपाध्यक्षमा माओवादी केन्द्र भक्त बहादुर खत्री (९५२२), मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान (६७०६), उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन (६११०), विजयी भएका हुन् ।

यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान (४८९७), उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल (४०८८), राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल (५४८१), उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्तम थिङ (४८३९) विजयी भएका हुन् । त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी ९३७२२० र उपाध्यक्षमा उमा कुमारी लामा (३७२५) विजयी भएका हुन् । भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा ९५५९१० र उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ (५३१५) विजयी भएका हुन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : ५६ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको