७ आश्विन २०८३, बुधबार | September 23, 2026

९ पालिका जित्दै गोरखामा माओवादीको शक्तिशाली कमब्याक



काठमाडौं । गोरखा जिल्लामा माओवादीले कमब्याक गरेको छ । मतपरिणाम आउन बाँकी रहेको चुमिनुब्री गाउँपालिकामा समेत माओवादी विजयी भएपछि कुल ११ पालिकामध्ये ९ वटामा जित हासिल गर्दै माओवादीले कमब्याक गरेको हो ।

चुमिनब्री गाउँपालिकाको अध्यक्षमा माओवादीका निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गरिन भने नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नराम्रोसँग पछारिएको माओवादीले गोर्खाका अधिकांश पालिका जितेर आफुलाई पुनः जिल्लाको सबैभन्दा शक्तिशाली पार्टीमा स्थापित गरेको छ ।

पूर्व नेता बाबुराम भट्टराईले पार्टी छोडेपछि २०७४ मा चुनाव परिणाम प्रभावित भएपनि यसपटक माओवादीले बाबुरामकै गृह पालिका पालुङटारमा कब्जा जमाएको छ । माओवादीले काँग्रेसको गढ मानिने गोर्खा नगरपालिका लगायत यसअघि कांग्रेस नेतृत्व रहेका अन्य पालिकामा जित हासिल गरेको छ । आरुघाट र सिरानचोक गाउँपालिकाबाहेक अन्य सबैमा माओवादीले जित हासिल गरेको हो ।

माओवादीले ९ पालिका जित्दा एमाले भने शुन्य रहेको छ ।

 

१.गोर्खा नगरपालिका (कृष्ण राना)
२.पालुङ्टार नगरपालिका (बिबस चिन्तन अजय, बन्दना पान्डे)
३. अजिरकोट गाउँपालिकास् (दिपक देबकोटा,अनिता भुजेल )
४. सुलिकोट गाउँपालिका (बिष्णु भट्ट, सनमाया गुरुङ)
५. शहीदलखन गाउँपालिका (रमेश थापा मगर, इन्दिरा तिवारी)
६. भिमसेनथापा गाउँपालिका (लोक प्रशाद बन्जरा ‘अक्कल’)
७. गन्डकी गाउँपालिका (दिपक तिमील्सिना ‘साकार)
८. धार्चे गाउँपालिका. (लक्ष्मण गुरुङ सुनिला गुरुङ)
९. चुमनुब्रि गाउँपालिका (निमा लामा,लक्ष्मी गुरुङ)

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११