२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

९ पालिका जित्दै गोरखामा माओवादीको शक्तिशाली कमब्याक



काठमाडौं । गोरखा जिल्लामा माओवादीले कमब्याक गरेको छ । मतपरिणाम आउन बाँकी रहेको चुमिनुब्री गाउँपालिकामा समेत माओवादी विजयी भएपछि कुल ११ पालिकामध्ये ९ वटामा जित हासिल गर्दै माओवादीले कमब्याक गरेको हो ।

चुमिनब्री गाउँपालिकाको अध्यक्षमा माओवादीका निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गरिन भने नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नराम्रोसँग पछारिएको माओवादीले गोर्खाका अधिकांश पालिका जितेर आफुलाई पुनः जिल्लाको सबैभन्दा शक्तिशाली पार्टीमा स्थापित गरेको छ ।

पूर्व नेता बाबुराम भट्टराईले पार्टी छोडेपछि २०७४ मा चुनाव परिणाम प्रभावित भएपनि यसपटक माओवादीले बाबुरामकै गृह पालिका पालुङटारमा कब्जा जमाएको छ । माओवादीले काँग्रेसको गढ मानिने गोर्खा नगरपालिका लगायत यसअघि कांग्रेस नेतृत्व रहेका अन्य पालिकामा जित हासिल गरेको छ । आरुघाट र सिरानचोक गाउँपालिकाबाहेक अन्य सबैमा माओवादीले जित हासिल गरेको हो ।

माओवादीले ९ पालिका जित्दा एमाले भने शुन्य रहेको छ ।

 

१.गोर्खा नगरपालिका (कृष्ण राना)
२.पालुङ्टार नगरपालिका (बिबस चिन्तन अजय, बन्दना पान्डे)
३. अजिरकोट गाउँपालिकास् (दिपक देबकोटा,अनिता भुजेल )
४. सुलिकोट गाउँपालिका (बिष्णु भट्ट, सनमाया गुरुङ)
५. शहीदलखन गाउँपालिका (रमेश थापा मगर, इन्दिरा तिवारी)
६. भिमसेनथापा गाउँपालिका (लोक प्रशाद बन्जरा ‘अक्कल’)
७. गन्डकी गाउँपालिका (दिपक तिमील्सिना ‘साकार)
८. धार्चे गाउँपालिका. (लक्ष्मण गुरुङ सुनिला गुरुङ)
९. चुमनुब्रि गाउँपालिका (निमा लामा,लक्ष्मी गुरुङ)

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ५९ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो