४ पुस २०८२, शुक्रबार | December 19, 2025

शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरको घोषणा- आफूले पाएको मत बराबर वृक्षारोपण गर्छु



भैरहवा । सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस धनसिंह महराले शपथ ग्रहण गराएका हुन । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरुलाई सपथ ग्रहणगराएका छन् । सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका ईस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन ।

१३ वटा वडा रहेको सिद्धार्थनगरमा वडा नम्बर १ बाट जसपाका उज्जवल पोखरेल, २ बाट राप्रपाका छेदीलाल श्रीवास्तव, ३ बाट राप्रपाका नारायण उपाध्याय, ४ बाट राप्रपाका मुक्तिनाथ यादव, ५ बाट नेपाली कांग्रेसका पुरनप्रसाद श्रेष्ठ, ६ बाट नेपाली कांग्रेसका वीरेन्द्र नाथ श्रीवास्तव, ७ बाट नेपाली कांग्रेसका दामोदर शर्मा घिमिरे र ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा निर्वाचित भएका छन । यस्तै वडा नम्बर ९ बाट एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट एमालेका दिलीपकुमार यादव, वडा नम्बर १२ बाट एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट कांग्रेसका सोमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवन लगायतको कामलाई प्राथमिकता दिँदै महिला विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए । उनले आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता जनाउदै भएका वृक्षहरुको संंरक्षण र सम्वर्द्धनमा पनि नगरपालिका पछि नपर्ने बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ३ : ३३ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह