१९ बैशाख २०८३, शनिबार | May 2, 2026

सिद्धार्थ नगरमा अन्तत: भयो कांग्रेस र माओवादीबीच तालमेल



भैरहवा । रूपन्देहीको सिद्धार्थनगरमा अन्तत कांग्रेस र माओवादीबीच तालमेल भएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा आएर कांग्रेस र माओवादीबीच तालमेल भएको हो । सत्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनलाई आत्मसाथ गर्दै रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेको नेपाली कांग्रेस सिद्धार्थ नगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए ।

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट ईस्तियाक अहमद खान र उपमेयरमा माओवादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघि माओवादी मेयरमा मनिष कुमार जोसी र काग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

प्रतिगमनलाई पराजीत गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागी एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एक आपसमा सहमति गरी सयुक्त गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने निर्णय भएको नगर सभापति खड्काले बताए। सहमती अनुरुप आफ्नो उम्मेदवारी फिर्ता लिँदै मेयरका उम्मेदवार जोसीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सवैको दायित्व रहेको बताए । तुनावी तालमेलसगैं गठबन्धनको जित थप शुनिश्चित भएको उनले बताए । त्यस्तै उपमेयरकी उम्मेदवार न्यौपानेले आफूले उम्मेदवारी फिर्ता गरे पनि आफूनै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागि पर्ने बताइन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५६ बजे

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,