३० पुस २०८२, बुधबार | January 14, 2026

बुटवल कालिकानगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल याुत्रको मृत्यु



बुटवल । बुटवलको कालिकानगरमा मोटरसाईकलको ठक्करबाट एकजनाको ज्यान गएको छ । भैरहवाबाट बुटवल तर्फ आईरहेको लु ५४ प ७३०७ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरिरहेका पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा कालिकानगरका ७२ वर्षिय पशुपति भट्टराई रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएका भट्टराईलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाईकल चालक पनि घाईते भएका छन् । चालक बिरेन थापाको बुटवल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ५३ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको