१२ पुस २०८२, शनिबार | December 27, 2025

लमजुङमा पालिका प्रमुख महिला नेतृत्वविहीन, उपप्रमुखमा ५ जना निर्वाचित



लमजुङ । लमजुङका आठ स्थानीय तहका प्रमुखमा सबै पुरुष नेतृत्व निर्वाचित भएका छन् ।

४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा उपप्रमुख तथा उपाध्यक्षमा भने ५ जना महिला निर्वाचित भएका छन् ।

जिल्लामा पालिका प्रमुखका लागि राजनीतिक दलले एक मात्र महिला उम्मेदवार अघि सारेको थियो । जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका प्रमुखका लागि मंगोल नेसनल अर्गनाइजेसनले महिला उम्मेदार अघि सारे पनि निर्वाचन नतिजाअनुसार ती उम्मेदवार पराजित भएसँगै पालिका प्रमुखमा महिला सहभागिता शून्य छ ।

जिल्लामा ठूला राजनीतिक दलले पालिका प्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन् । उपप्रमुख तथा उपाध्यक्षमासमेत सत्ता गठवन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एसले महिलालाई उम्मेदवार बनाएनन् । नेकपा एमालेले भने ८ वटै पालिका उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार बनाएको थियो ।

सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिका उपप्रमुखमा एमालेबाट पदमा गुरुङ निर्वाचित भएकी छन् । यसैगरी जिल्लाको सुन्दरवजार नगरपालिका र मध्यनेपाल नगरपालिकाले पनि महिला उपप्रमुख पाएका छ भने गाउँपालिकातर्फ मर्स्याङदी र क्व्होलासोथरले उपाध्यक्षमा महिला नेतृत्व पाएको छ ।

सुन्दरवजार नगरपालिका उपप्रमुखमा एमालेबाट भवानी केसी निर्वाचित भएकी छन् । सुन्दरवजार उपप्रमुखमा यसअघि पनि महिला नेतृत्व रहेको थियो । यसअघि पालिका उपप्रमुखमा पुरुष नेतृत्व रहेको मध्यनेपालमा भने यसपटक महिला उपप्रमुख चुनिएकी छन् ।

मध्यनेपालको उपप्रमुखमा सिता गुरुङ निर्वाचित भएकी छन् । मर्स्याङदी गाउँपालिकामा पनि ०७४ को निर्वाचनमा पुरुष प्रतिनिधि चुनिएका थिए । यसपटक भने उपाध्यक्षमा महिला नेतृत्व आएको छ ।

मर्स्याङदी गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट जुनामाया थापा निर्वाचित भएकी छन् । जिल्लाको क्व्होलासोथर गाउँपालिका उपाध्यक्षमा एमालेबाट गमिमाया गुरुङ निर्वाचित भएकी छन् । यसअघि ०७४ को निर्वाचनमा पनि क्व्होलासोथर उपाध्यक्षमा महिला उम्मेदवार चुनिएका थिए ।

०७४ मा लमजुङमा एक पालिका प्रमुख र ४ उपप्रमुखमा महिला निर्वाचित भएका थिए । नगरप्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिता गराउने स्थानीय तह निर्वाचन ऐन ०७३ को मर्म भए पनि दलहरुले तालमेलका नाममा महिलालाई प्रमुख वा उपप्रमुख पदमा स्थान नदिँदा यो पटक लमजुङमा स्थानीय तह प्रमुखमा महिला नेतृत्वविहीन हुन पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ०२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका