१२ पुस २०८२, शनिबार | December 27, 2025

खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या दोहोरिएको छ ।

३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो । गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

जन्तेढुंगा गाउँपालिकामा पटक-पटक फोनमा समस्या आउने गरेको छ । तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको विष्टले बताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेबी राईकै वडा जन्तेढुंगा गाउँपालिका-३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत चैत दोश्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका-२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : २२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका