२ बैशाख २०८३, बुधबार | April 15, 2026

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी



काठमाडौं । घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ ।

बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा पछिल्ला महीनामा आयातमा भएको वृद्धिका कारण बाह्य क्षेत्रको अवस्था दबाबमा रहेको भन्दै चालू खाता घाटा र विदेशी मुद्राको सञ्चिति घट्दा समग्र वित्तीय क्षेत्रको स्थायित्वमा प्रभाव पार्न सक्ने औंल्याइएको छ । कोभिड-१९ महामारीबाट नेपाली अर्थतन्त्र पुनर्उत्थानको चरणमा रहेको र आर्थिक गतिविधि विस्तार हुँदै गए पनि अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले मुद्रास्फीतिलाई थप दबाब दिने आकलन गरिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

वित्तीय क्षेत्रको विकास उत्साहजनक हुँदा वित्तीय पहुँचमा वृद्धि भएको, धेरैजसो स्थानीय तहमा बैंकको शाखा विस्तार भएको, इलेक्ट्रोनिक बैंकिङ उपकरण, र शाखारहित बैंकिङ जस्ता नवीन विधिहरू बढेको भए पनि समानुपातिक वितरण भने हुन नसकेको प्रतिवेदनले औंल्याएको छ । कोभिड महामारीका कारण राष्ट्र बैंकले दिएको ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका नियामकीय छूटका कारण बैंकमा खराब कर्जा स्थिर रहेको र यो सुविधा हटेपछि खराब कर्जा बढाउने केही जोखिम निम्त्याउन सक्ने पनि चेतावनी दिइएको छ ।

गैर-बैंक वित्तीय क्षेत्र विशेषगरी बीमा र सहकारी विस्तार हुँदै गएको, जीवन र निर्जीवन बीमा दुवैको आकार वृद्धि भएको र सामाजिक सुरक्षा कोष शुरु भए पनि सहकारी क्षेत्रको नियमित रूपमा अद्यावधिक गरिएको तथ्यांकको अभाव रहेको र यसको प्रभावकारी नियमन नभएकाले सहकारीबाट समग्र वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा विशेषगरी बचत तथा ऋण सहकारीको अनुगमनलाई प्रभावकारी बनाउन समेत सुझाव दिइएको छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ४१ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले