२० मंसिर २०८२, शनिबार | December 6, 2025

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी



काठमाडौं । घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ ।

बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा पछिल्ला महीनामा आयातमा भएको वृद्धिका कारण बाह्य क्षेत्रको अवस्था दबाबमा रहेको भन्दै चालू खाता घाटा र विदेशी मुद्राको सञ्चिति घट्दा समग्र वित्तीय क्षेत्रको स्थायित्वमा प्रभाव पार्न सक्ने औंल्याइएको छ । कोभिड-१९ महामारीबाट नेपाली अर्थतन्त्र पुनर्उत्थानको चरणमा रहेको र आर्थिक गतिविधि विस्तार हुँदै गए पनि अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले मुद्रास्फीतिलाई थप दबाब दिने आकलन गरिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

वित्तीय क्षेत्रको विकास उत्साहजनक हुँदा वित्तीय पहुँचमा वृद्धि भएको, धेरैजसो स्थानीय तहमा बैंकको शाखा विस्तार भएको, इलेक्ट्रोनिक बैंकिङ उपकरण, र शाखारहित बैंकिङ जस्ता नवीन विधिहरू बढेको भए पनि समानुपातिक वितरण भने हुन नसकेको प्रतिवेदनले औंल्याएको छ । कोभिड महामारीका कारण राष्ट्र बैंकले दिएको ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका नियामकीय छूटका कारण बैंकमा खराब कर्जा स्थिर रहेको र यो सुविधा हटेपछि खराब कर्जा बढाउने केही जोखिम निम्त्याउन सक्ने पनि चेतावनी दिइएको छ ।

गैर-बैंक वित्तीय क्षेत्र विशेषगरी बीमा र सहकारी विस्तार हुँदै गएको, जीवन र निर्जीवन बीमा दुवैको आकार वृद्धि भएको र सामाजिक सुरक्षा कोष शुरु भए पनि सहकारी क्षेत्रको नियमित रूपमा अद्यावधिक गरिएको तथ्यांकको अभाव रहेको र यसको प्रभावकारी नियमन नभएकाले सहकारीबाट समग्र वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा विशेषगरी बचत तथा ऋण सहकारीको अनुगमनलाई प्रभावकारी बनाउन समेत सुझाव दिइएको छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ४१ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले