१ आश्विन २०८३, बिहिबार | September 17, 2026

आइपिएल : दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा



काठमाडौं । दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ ।

शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो ।

योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि दिल्लीले दिएको १६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे थियाे । मुम्बईका इशान किशनले ४८ रन जोडे । दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २-२ विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोड्यो ।

दिल्लीका रोभमान पावेलले ४३ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : १५ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको