१२ पुस २०८२, शनिबार | December 28, 2025

आज भलिबल दिवस, विभिन्न कार्यक्रम हुँदै



काठमाडौं । राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वकाे सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो ।

त्यसयता नेपाल भलिबल संघ , भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयाेजना गरी यो दिनलाई भलिबल दिवस दिवस बनाउदै आएका छन् ।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने भएको छ ।

यता, न्यु डायमन्ड एकेडेमीले पुरानो नैकापमा साँझ त्रिभुवन आर्मी क्लबसँग खेल्दै दिवस मनाउने योजना बनाएको छ । नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘हामी विस्तारै व्यवसायिक हुँदै छाैँ। यसलाई अझै विस्तार गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । संघ एक्लैले केही गर्न सक्दैन’,न्युज कारखानासँग उनले भने ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : ५५ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका