१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आज भलिबल दिवस, विभिन्न कार्यक्रम हुँदै



काठमाडौं । राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वकाे सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो ।

त्यसयता नेपाल भलिबल संघ , भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयाेजना गरी यो दिनलाई भलिबल दिवस दिवस बनाउदै आएका छन् ।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने भएको छ ।

यता, न्यु डायमन्ड एकेडेमीले पुरानो नैकापमा साँझ त्रिभुवन आर्मी क्लबसँग खेल्दै दिवस मनाउने योजना बनाएको छ । नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘हामी विस्तारै व्यवसायिक हुँदै छाैँ। यसलाई अझै विस्तार गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । संघ एक्लैले केही गर्न सक्दैन’,न्युज कारखानासँग उनले भने ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : ५५ बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा