२५ चैत्र २०८२, बुधबार | April 8, 2026

गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित



लण्डन । उदयिमान लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो ।

डल्लाकोटीलाई शनिवार धादिङ समाज बेलायतका अध्यक्ष धन बहादुर पार्खीनले खादा तथा प्रमाणपत्रसहित एक समारोहकाबीच लण्डनमा सम्मान गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गर्दै राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता जितेपछि एकाएक चर्चामा आएकी थिइन् ।

समकालीन लोकदोहरीमा छुट्टै पहिचानसहित सबैले अत्याधिक रूचाईएकी डल्लाकोटी केही हप्ता देखि बेलायतका बिभिन्न संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा व्यस्त रहेकी छन् । उनी नेपालमा समेत अत्यन्तै ब्यस्त र सबैको माग हुने कलाकारमा पर्छिन ।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना लगायत संस्थाका पूर्वअध्यक्षहरु राम बहादुर गुरूड्, बम ब्लदेन लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको संस्थाका महासचिब बुद्दी बहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ११ : १८ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क