७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित



लण्डन । उदयिमान लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो ।

डल्लाकोटीलाई शनिवार धादिङ समाज बेलायतका अध्यक्ष धन बहादुर पार्खीनले खादा तथा प्रमाणपत्रसहित एक समारोहकाबीच लण्डनमा सम्मान गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गर्दै राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता जितेपछि एकाएक चर्चामा आएकी थिइन् ।

समकालीन लोकदोहरीमा छुट्टै पहिचानसहित सबैले अत्याधिक रूचाईएकी डल्लाकोटी केही हप्ता देखि बेलायतका बिभिन्न संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा व्यस्त रहेकी छन् । उनी नेपालमा समेत अत्यन्तै ब्यस्त र सबैको माग हुने कलाकारमा पर्छिन ।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना लगायत संस्थाका पूर्वअध्यक्षहरु राम बहादुर गुरूड्, बम ब्लदेन लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको संस्थाका महासचिब बुद्दी बहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ११ : १८ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा