१८ श्रावण २०८३, सोमबार | August 3, 2026

एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष



काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब ५० पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

नेपाली कांग्रेसपछि एमालेले पालिकाको सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद जितेको छ । कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ, जुन एमालेकोभन्दा १२१ ले बढी हो ।

आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : २० बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा