१६ बैशाख २०८३, बुधबार | April 30, 2026

मणिमुकुन्द भलिबल क्लबद्दारा पाँचौ राष्ट्रिय भलिबल दिवसका अवसरमा दिप प्रज्वलन



बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाले ५ औं राष्ट्रि भलिबल दिवसका अवसरमा आईतबार दिप प्रज्वलन गरेको छ । क्लबको खेल मैदान तिलोत्तमा-२ योगिकुटी स्थित खेल मैदानमा क्लबका वरिष्ठ सल्लाहकार टुकबहादुर क्षेत्रीको प्रमेख आतिथ्यतामा दिप प्रज्वलन गरिएको थियो ।

सो अवसरमा बोल्दै क्षेत्रीले खेलकूदको माध्यमबाट युवाहरुलाई एक बनाई राष्ट्रको पहिचानमा सहयोग पुग्ने उल्लेख गरे । ५ वर्षअघि सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि यसतर्फ युवाहरुको आकर्षण बढ्दै गएको उल्लेख गरे ।

खेलकूदको विकासका लागि भौतिक संरचनाहरुको निर्माण तथा खेल गतिविधिहरु सञ्चालन गरि युवाहरुलाई आकर्षित गर्ने खालका योजना ल्याउन सरकारसँग आग्रह गरे । यस्तै कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी खेलकुद परिषदका सदस्य हरिस ओलीले क्लबले खेलकुदको क्षत्रमा गरेका योगदानप्रति खुशी व्यक्त गर्दै थप सिर्जनशिल क्रियाकलापहरु सञ्चालन गर्न आग्रह गर । लुम्बिनी खेलकुद परिषदले खेलकुद भतिविधि सञ्चालन तथा यश क्षेत्रको बिकासका लागि तत्कालिन तथा दिर्घकालिन योजना बनाएर अघि बढेको उल्लेख गरे ।


कार्यक्रमको अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट तिलोत्तमा-२ को वडा सदस्य पदमा निर्वाचित क्लबका संस्थापक अध्यक्ष मिलन रानालाई सम्मान गरिएको थियो । यसैगरी क्लबलाई विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको शंकरनगर सामुदायिक वन उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । संस्थालाई सहयोग प्रदान गर्दै आएका व्यक्तिहरु सन्तोष कवर, चेतन बस्नेत, शंकर सापकोटा, ताराराज शर्मा, कृष्ण पोखरेल (बाबू) तथा हविन्द्र कार्की लगायतका व्यक्तिहरुलाई सम्मान गरिएक्को थियो ।

क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षता, अन्तर्राष्ट्रिय भलिबल खेलाडी प्रताप खवासको स्वागत तथा क्लबका सचिब मेघराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै क्लबका सहसचिव सुदिप केसी, राष्ट्रिय भलिबल रेफ्रि बुद्धि बस्याल, क्लबका संरक्षक सुरेन्द्र गुरुङ, सदस्यहरु किसन चन्द, कासिराज गौतम लगायतले भलिबललाई राष्ट्रिय खेलकुदको मान्यता दिएपछि आकर्षण बढ्दै गए पनि त्यस अनुसारका सुविधा र पूर्वाधार निर्माणमा जोड दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : ५८ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात