१४ असार २०८३, आइतबार | June 28, 2026

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले गरे पुनः अध्यक्षमा उम्मेदवारी घोषणा



काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष शेर्पाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो । उहाँसँगै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।

यस्तै सदस्यमा दीपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् । महिला सदस्यमा भने उम्मेदवारी दिन बाँकी छ ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पछिल्लो चार वर्षे कार्यकालमा आफूलाई विकासको पक्षमा काम गर्न बाधा हाल्ने काम भएको र अहिले चुनावमा पनि विभिन्न आरोप लगाउँदै आपूmविरुद्ध लागेको बताए । पछिल्लो कार्यकालमा गरेका कामको नालिबेलीका साथै आगामी कार्यकालमा गर्ने कामको घोषणापत्र समेत सार्वजनिक गर्दै एन्फा अध्यक्ष शेर्पाले कोभिड महामारीका कारण सोचेअनुसार काम गर्न भने नपाएको स्वीकार गरे । अध्यक्ष शेर्पाले फुटबल विकासमा लागि रहँदा केही तत्वहरुले रोक्ने प्रयास गरेको र फुटबललाई घर चलाउने माध्यम नबनाओस भनेर आपूmले उम्मेदवरी दिन लागेको जिकिर गरे ।

शेर्पाले भने, ‘पछिल्लो चार वर्षमा हामीले फुटबल विकास लागि अनैकौं प्रयास भए । यस क्रममा विभिन्न तरिकाले रोक्ने प्रयास भए । फुटबलमा विकास गर्न चाहेको या नचाहेको आगामी निर्वाचनले देखाउनेछ । फुटबलमा काम गर्ने र नगर्ने फुटबलसँग सम्बिन्धितले चिनिहाल्छ । फुटबललाई घर चलाउने माध्यम नबनाओस भन्न चाहन्छु । फुटबलमा लाग्नेले फुटबलमा नै काम गर्नुपर्छ ।’

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका अध्यक्ष शेर्पाले आपूm निर्वाचित भएलगत्तै एन्फामा आएर आर्थिक नियमावली, संघीय संरचनाका आधारमा विधान संयोधन गरेका, खेलाडी दर्ता प्रक्रिया बनाएको, क्लव लाइसेन्सिङ लागू गरेको लगाएतका धेरै कार्यक्रम गरेको भन्दै लामो सूची सुनाए । यस क्रममा पनि निर्वाचनलगत्तै आएका केही साथीहरुले आपूmलाई असहायोग गरेको आरोप लगाए । शेर्पाले आपूm निर्वाचित भएर आए फुटबललाई पूरै डिजिटलाईज गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘आगामी कार्यकाल फुटबलमा डिजिटलाईज बनाउने योजना बनाएको छु । पूरै पारदर्शी तरिकाले काम गर्ने प्रक्रियालाई अगाडि बढाएर डाटा बैंक बनाउँछौं । खेलाडीको दर्ता अनालाईन, मेडिकल अनलाईन, रेफ्रिहरुको अनलाईन रिर्पोटिङ सिस्टम शुरु भइसकेको छ, आर्थिक कारोबार अनलाईनबाट काम गर्न मिल्ने गरी योजना अगाडि बढाएका छौं । र हामीले एउटा डाटा बैंक बनाउँदै छौं । डाटा बैंक बनाउने काम भइसकेपछि अर्को कार्यकालमा नेपालको फ्युचर प्लान बनाउँदै अगाडि बढछौं ।’

यसअघि असार ६ गते हुने निर्वाचनका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खडकाले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । निर्वाचनका लागि जिल्ला, संघ, क्लवबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने बी डिभिजनबाट ११ क्लव, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लव, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लवसँग मताधिकार रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ०३ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट