१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए



काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्न अमेरिका हिँडेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।

उनीहरूलाई अध्यागमन अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पत्रका आधारमा उनीहरूलाई विदेश जान रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

केही दिनअघि खेलकुद मन्त्रालय र राखेपबाट खेलकुदसम्बन्धी कार्यक्रमका लागि एन्फाका पदाधिकारीहरूलाई विदेश जान नदिन पत्राचार गरेको थियो । नेम्वाङ र राई विदेश यात्रा प्रतिबन्ध सूची (ब्ल्याक लिस्ट)मा राखिएको छ ।

राखेपले एन्फामा भएको भनिएको आर्थिक अनियमिततासम्बन्धी विषयमा छानबिन गरिरहेको छ। सोही छानबिनलाई प्रभावकारी बनाउन राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमै एन्फाका अध्यक्ष, महासचिवसहित सबै पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको थियो।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ११ : ३६ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा