६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा नेपालमै पहिलो उपेक्षित उष्ण प्रदेशिय रोग निदान यूनिट सञ्चालन



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नेपालमै पहिलो एनटीडि युनिट अर्थात उपेक्षित उष्ण प्रदेशिय रोग निदान यूनिट सञ्चालनमा आएको छ ।

समाजमा रहेका उपेक्षित रोगहरुलाई निर्मुलिकरण गर्न सहज होस भन्ने मुख्य उदेश्य राखेर युनिट सञ्चालनमा ल्याइएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर ईन्द्र ढकालले जानकारी दिए ।

फेयरमेड फाउण्डेसनको आर्थिक सहयोग र इन्द्रेणी ग्रामिण बिकास केन्द्र रुपन्देहीको सहकार्यमा लुम्बिनी प्रादेशिक अस्पतालले एमटिडि एकाई सञ्चालनमा ल्याएको हो । उपेक्षितरोगहरु अन्र्तगत कुष्ठरोग, हातिपाईले , जुका, डेङगु चिकनगुनिया, रेविज, सर्पदंश, लुतो, कालाजार , फिते जुका, खस्रेरोग, माईसेटोमा लगायतका रोग पर्ने इन्दे्रेणी ग्रामिण बिकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाहले बताए ।

एकाईको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार मन्त्रालयका सचिव डाक्टर बिकास देवकोटाले नेपालमै पहिलो सेन्टर भएकाले यसको प्रभावकारीता र महत्व बढी भएको भन्दै दीर्घकालिन सेवा प्रदान गर्ने कुरा महत्वपूर्ण हुने भएकाले त्यसमा ध्यानदिन निर्देशन दिए ।

 

उपेक्षित रोगहरुवाट बच्ने उपाय, उपचारको विधी र रोगका वारेमा सहज रुपमा परामर्श दिने व्यवस्था मिलाईएको सेन्टरका फोकल पर्शन दयासागर पन्थीले बताए ।

त्यस अबसरमा मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेल, परियोजनाको आर्थिक सहयोगदाता फेयरमेडका कन्ट्री कोर्डिनेटर निर्मला शर्मा, परियोजना संयोजक शशिकुमार लाल कर्ण, अस्पतालका प्रशासकिय अधिकृत सुरेन्द्र भण्डारी लगायतले अस्पतालमा शुरु गरिएको सेवाले यस प्रदेशको मात्र नभएर कर्णाली र सुदुर पश्चिम प्रदेश सम्मका जनताले समेत फाईदा लिन सक्ने धारणा राखेका थिए ।

सो अबसरमा उपेक्षित उष्ण प्रदेशिय रोग निदान सम्बन्धी तालिम निर्देशिकाको पनि बिमोचन गरिएको फेयरमेड फाउण्डेसनका साझेदारी शुसासन तथा श्रोत परिचालन बिज्ञ तुल्सी खनालले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ३९ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत