५ आश्विन २०८३, सोमबार | September 21, 2026

नौ जनप्रतिनिधिले लिए चाम्लिङ भाषामा पद तथा गोपनीयताको शपथ



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनेक्रममा आफ्नो मातृ भाषा चाम्लिङ प्रयोग गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष गन राई, हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेका वडाध्यक्ष काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका वडा सदस्य गमिता राई, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका वडा सदस्य दलीमायाँ राई, दिक्षा राई, हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका वडा सदस्य कल्पना राई, मंगलटारका वडा सदस्य टंकहादुर राई र सल्लेका वडा सदस्य दिनेश राईले चाम्लिङ भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

चाम्लिङ राई समुदायका जनप्रतिनिधिले नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा मातृ भाषामा शपथ लिएका हुन् । मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको शपथका क्रममा चाम्लिङ भाषा प्रयोग गरिएको वडा सदस्य गमिता राईले बताईन् । मेयर राईले नेपाली भाषामा शथप खुवाए पनि चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो भाषामा शपथ खाएका थिए । चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो मातृ भाषामा शपथग्रहणको ढाँचा तयार पारेर नगरपालिका पुगेका थिए ।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ । यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइसकेको छ ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ०७ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा