११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नौ जनप्रतिनिधिले लिए चाम्लिङ भाषामा पद तथा गोपनीयताको शपथ



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनेक्रममा आफ्नो मातृ भाषा चाम्लिङ प्रयोग गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष गन राई, हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेका वडाध्यक्ष काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका वडा सदस्य गमिता राई, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका वडा सदस्य दलीमायाँ राई, दिक्षा राई, हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका वडा सदस्य कल्पना राई, मंगलटारका वडा सदस्य टंकहादुर राई र सल्लेका वडा सदस्य दिनेश राईले चाम्लिङ भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

चाम्लिङ राई समुदायका जनप्रतिनिधिले नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा मातृ भाषामा शपथ लिएका हुन् । मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको शपथका क्रममा चाम्लिङ भाषा प्रयोग गरिएको वडा सदस्य गमिता राईले बताईन् । मेयर राईले नेपाली भाषामा शथप खुवाए पनि चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो भाषामा शपथ खाएका थिए । चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो मातृ भाषामा शपथग्रहणको ढाँचा तयार पारेर नगरपालिका पुगेका थिए ।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ । यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइसकेको छ ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ०७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना