१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो



पोखरा । यसपालि एमाले एकजुट छैनन् । कारण एउटा मात्रै छैन । एमाले कास्कीमा अहिले चरम गुटबन्दी छ । त्यसको सिकार एउटै चुनावमा दुई उम्मेद्वार भए । मनोनयन अघि दीपक पौडेललाई टिकट दिएपछि एमालेका खगराज अधिकारी मार्काले उनको सुन चोरीको भिडियो छताछुल्ल बनाए । त्यही भिडियोले केन्द्रीय नेतृत्वले पौडेलको टिकट खोसिदियो र खगराज समूहकै भनिएका कृष्ण थापालाई टिकट थमायो । पौडेल पृथ्वीसुब्बा गुरुङ गुटको मानिन्छन् ।

मनोनयन अघिसम्म माहोल राम्रै बनाएका थापालाई पार्टी भित्रैबाट झेल हुन थाल्यो । भित्रभित्र पार्टीकै नेताहरु फरक कित्तामा उभिएको आरोप प्रत्यारोप छ । उनलाई पिएस गुरुङ मार्काका नेताहरुले असहयोग गरेको बताइन्छ । त्यसो त, अहिले आइरहेका वडा हेर्दा पनि केही हदसम्म पुष्टी हुन्छ । टिकट खोसिएपछि पौडेल पनि चुप बसे, थापाको प्रचारमा हिडेनन् ।

पोखरामा एमालेले २०७४ मा जितेका अधिकांश वडा गुमाइसकेको छ । ११ वडा मात्रै जितेको कांग्रेसले २० वडा पु¥यायो । एमाले २२ बाट झरेर ९ वडामा सीमित छ । केही वडाको गन्न अझै बाँकी छ । रोचक कुरा के छ भने, एमालेले आफ्नो पकड (किल्ला) दावी गरेका वडाहरु धमाधम गुमाइरहेको छ । एमालेबाट मेयरकै उम्मेद्वार कृष्ण थापाको वडामा अध्यक्ष कांग्रेसले जितेको छ ।

अघिल्लो चुनावमा २ सय ६५ मतान्तरले वडाध्यक्ष सहित प्यानलै चुनाव जितेको एमालेले अहिले १ सय ४८ मतान्तरले अध्यक्ष चुनाव हा¥यो । उम्मेद्वार मात्रै होइन, उम्मेद्वारी खोसिएका मेयरको वडामा पनि चुनाव एमालेले हार्याे । अघिल्लो पटक ४ सय ६३ मतान्तरले प्यानल चुनाव जितेकोमा यसपालि ५१ मतान्तले वडाध्यक्ष कांग्रेसले जित्यो ।

अर्को महत्वपूर्ण वडा हो ३१ । पुर्व गृहमन्त्री तथा केन्द्रीय सदस्य खगराज अधिकारीको वडामा यसपालि एमाले पराजीत भयो । यसअघि ५ सय मतान्तरले एमाले उम्मेद्वार विजयी भएका यो वडामा अहिले १ सय ६१ मतान्तरले कांग्रेस विजयी भयो । यि वडाहरुको रिजल्टबाट थाहा हुन्छ, कि एमालेभित्र चरम अन्तरविरोधको अवस्था छ ।

मेयरको टिकट खोसिएका पौडेलको वडाबाट मेयरका उम्मेद्वार कृष्ण थापाले पनि कम मत पाएका छन् । थापाले २ हजार २ सय ६८ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ३ सय ५४ मत पाए । उपमेयरमा भने एमालेकै उम्मे्दवारले लिड गरिन् । एमालेकी मञ्जुदेवी गुरूङले २ हजार ६ सय मत पाउँदा कांग्रेसकी कोपिला रानाभाटले २ हजार ५ सय ५ मत पाएकी छिन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : १४ बजे

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै