७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

धनराज आचार्य पोखराको मेयरमा निर्वाचित



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाअनुसार, आचार्यले ५८ हजार ८९३ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

उनी पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सघाएको थियो ।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छन् । उनले ६० हजार ५४६ मत पाइन् । उनका प्रतिष्पर्धी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ३८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल