२८ असार २०८३, आइतबार | July 12, 2026

साकार हुँदै जित्नैपर्ने दबाब



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ ।

सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ ।

धनराज आचार्य निकतम प्रतिस्पर्धीभन्दा ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । उनले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा मंगलबार रातिसम्म १ लाख ३९ हजार ४ सय ११ गणना भएको छ । अब ३ हजार ८ सय जति गणना बाँकी छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् । उनीहरूबीच ३ हजार ९ सयको अन्तर छ ।

यसरी मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी मञ्जुदेवी २०७४ सालको चुनावमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । पाँचदलीय गठबन्धनकै उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेर विजयी सुनिश्चित गरेकी गुरुङले पोखरामा एमालेको साख बचाएकी छन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा विजय नेपालले लेखेका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : १७ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास