७ आश्विन २०८३, बुधबार | September 23, 2026

आर्थिक वर्ष २०७९/०८० मा सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु हुने



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ ।

केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो ।

त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ ।

सिद्धबाबा सुरुङमार्गको निर्माण पनि नयाँ आर्थिक वर्षमै सुरु गरिने भएको छ ।

पृथ्वी राजमार्गको मजिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी गरिने भएको छ ।

तीन सय सडक पुलको निर्माणसँगै महाकाली नदीमा निर्माणाधीन दोधारा–चाँदनी जोड्ने पुलको निर्माण सम्पन्न गरिने पनि सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु गरिने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज