१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

सूचना प्रविधिमार्फत विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने घोषणा स्वागतयोग्य : एनआरएनए



लण्डन । सरकारद्धारा सूचना प्रविधिमार्फत विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने घोषणाको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सरकारको पछिल्लो घोषणा स्वागत योग्य कदम भएको बताए । शर्माले प्रविधि मार्फत विदेशमा रहेका नेपालीलाई मताधिकार दिने घोषणा सरकारको निर्णय तत्काल कार्यन्वयनमा जानु पर्नेमा जोड दिए । उनले संघ नेपाल सरकारसंग समन्वयन गरेर अघि बढ्न तयार रहेको बताए ।

यसअघि तत्तकालि अध्यक्ष जीवा लामिछानेको कार्यकालमा संघले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा जोड्न सकिन्छ भनेर लिखित रुपमा सुझाव दिएको थियो ।

शर्माले संघले १० वर्ष देखी उठाउदै आएको मागलाई सरकारले सम्बोधन गर्न खोजेकोमा प्रसन्नता प्रकट गरे ।

सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

मंगलबार संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।

सरकारले गैरआवासीय नेपाली संघ ९एनआरएनए० लाई डिजिटल परिचय पत्र वितरण गर्ने भएको छ ।

यस्तै सरकारले यही बर्खै अधिवेशनमा नागरिकता सम्बन्धी ऐन पारीत गरि एनआरएनए नागरिकताको समेत सुश्चित गर्ने बताएको छ ।
ध्चष्तभ तय ल्च्ल्ब् ज्भबम इााष्अभ ९ःभमष्ब०

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ०७ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा