२२ भदौ २०८३, सोमबार | September 7, 2026

सूचना प्रविधिमार्फत विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने घोषणा स्वागतयोग्य : एनआरएनए



लण्डन । सरकारद्धारा सूचना प्रविधिमार्फत विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने घोषणाको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सरकारको पछिल्लो घोषणा स्वागत योग्य कदम भएको बताए । शर्माले प्रविधि मार्फत विदेशमा रहेका नेपालीलाई मताधिकार दिने घोषणा सरकारको निर्णय तत्काल कार्यन्वयनमा जानु पर्नेमा जोड दिए । उनले संघ नेपाल सरकारसंग समन्वयन गरेर अघि बढ्न तयार रहेको बताए ।

यसअघि तत्तकालि अध्यक्ष जीवा लामिछानेको कार्यकालमा संघले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा जोड्न सकिन्छ भनेर लिखित रुपमा सुझाव दिएको थियो ।

शर्माले संघले १० वर्ष देखी उठाउदै आएको मागलाई सरकारले सम्बोधन गर्न खोजेकोमा प्रसन्नता प्रकट गरे ।

सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

मंगलबार संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।

सरकारले गैरआवासीय नेपाली संघ ९एनआरएनए० लाई डिजिटल परिचय पत्र वितरण गर्ने भएको छ ।

यस्तै सरकारले यही बर्खै अधिवेशनमा नागरिकता सम्बन्धी ऐन पारीत गरि एनआरएनए नागरिकताको समेत सुश्चित गर्ने बताएको छ ।
ध्चष्तभ तय ल्च्ल्ब् ज्भबम इााष्अभ ९ःभमष्ब०

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ०७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त