६ श्रावण २०८३, बुधबार | July 22, 2026

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल



काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ ।

झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ । काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ । बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ ।

अघिल्लोपटक काठमाडौं, पोखरा महानगरपालिकासहित स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको एमाले यसपटक सबै महानगरपालिका गुमाउने अवस्थामा पुगेको छ । यसपटक मधेस प्रदेशमा आफ्नो अवस्थामा केही सुधार गरेको एमालेले लामो समयदेखि उसको प्रभावमा रहेका क्षेत्र गुमाउन पुगेको छ । कांग्रेसले पनि विगतमा जितेको धनगढीसहितका केही स्थानीय तह यसपटक गुमाएको छ । दार्चुला, पूर्वीरुकुममा कांग्रेसले कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन । एमाले पनि नौ जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल भएको छ ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा यसपटक आफ्नो अवस्थामा केही सुधार गरेको छ । भरतपुर महानगरपालिकामा आफ्नो जितलाई निरन्तरता दिँदै उसले अहिलेसम्म १ सय २१ स्थानीय तहको प्रमुख जितेको छ । दुई दर्जनभन्दा बढी जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल माओवादी काठमाडौं उपत्यकामा भने निकै कमजोर देखिएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिको प्रमुख आफ्नो पक्षमा पारिसकेको छ । पोखरा महानगरपालिकामा ऊ जितको नजिक छ । उसले अहिलेसम्म जम्मा १९ स्थानीय तहको प्रमुख जितेको छ ।

मधेसको शक्तिकारूपमा उदाएको जनता समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा पहाडमा पनि उक्लिएको छ । उसले वीरगन्ज महानगरपालिकासहित ३० स्थानीय तहको प्रमुख जितेको छ । एक स्थानीय तहको प्रमुखमा उसले अग्रता लिएको छ । तर अघिल्लोपटक जितेका जनकपुर उपमहानगरपालिकासहितका केही स्थानीय तह यसपटक उसले गुमाएको छ ।

केही समयअघि जनता समाजवादी पार्टीबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी यसपटक स्थानीय तह निर्वाचनमा कमजोर बन्न पुगेको छ । उसले १६ स्थानीय तहको प्रमुख जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुरसहित चार स्थानीय तहको प्रमुख जित्दै संगठन सुदृढ गरेको संकेत दिएको छ । राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख जितेको छ । नागरिक उन्मुक्ति, जनमतसहितका पार्टी स्थानीय तहको निर्वाचनबाट अनुमोदन भएका छन् ।

उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका र स्वतन्त्रले धरान उपमहानगरपालिकासहित दर्जन स्थानीय तहको प्रमुख जितेका छन् । काठमाडौं महानगरपालिकामा राजनीतिक दलबाट मैदानमा खडा भएका उम्मेदवारलाई पछि पार्दै वालेन्द्र साह प्रमुखमा निर्वाचित हुने निश्चित देखिएको छ । विस्तृत समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : २३ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९