१५ बैशाख २०८१, शनिबार | April 28, 2024

राजस्थानलाई हराउँदै गुजरात आइपिएल क्रिकेटको फाइनलमा



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सलाई हराउँदै नवप्रवेशी गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

गुजरातको जितमा डेभिड मिलरले ६८ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान हार्दिक पाण्डयले ४० रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १-१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

इलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ७ : ४३ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म