८ बैशाख २०८१, शनिबार | April 20, 2024

‘बच्चन पाण्डे’को असफलतापछि अक्षयले घटाए पारिश्रमिक



मुम्बई । अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो-‘बच्चन पाण्डे’को असफलता ।

यो फिल्म असफल भएपछि अभिनेताले आउदा प्रोजेक्टका लागि पारिश्रमिकमा केही कटौती गर्ने निर्णय लिएका छन् । यद्यपि, उनले सबै प्रोजेक्टका लागि भने पारिश्रमिक कटौती गरेका होइनन् । कम तथा मध्यम बजेटका फिल्मका लागि मात्र अक्षयले पारिश्रमिक घटाएका हुन् ।

उनले ‘सेल्फी’ र ‘सुराराई पोत्र’ जस्ता रिमेक प्रोजेक्टका लागि सय करोडभन्दा कम पारिश्रमिक लिँदैछन् ।

अक्षयको फिल्म ‘बच्चन पाण्डे’ झण्डै एक सय ८० करोडको लागतमा बनेको थियो । फिल्मको बजेट अक्षयकै पारिश्रमिकका कारण बढेको थियो । किनकी उनले एक्लै यो फिल्मबाट सय करोड बढी पारिश्रमिक लिएका थिए । फिल्म रिलिजपछि यसले बक्सअफिसमा केवल ५० करोडमात्र कलेक्सन गर्न सकेको थियो ।

यो फिल्ममात्र नभई ‘बेलबटम’ को बजेट पनि अक्षयको महंगो पारिश्रमिकका कारण बढेको थियो । ‘बच्चन पाण्डे’ मार्च १८, २०२२ मा होलीको मौका पारी रिलिज भएको थियो । यो फिल्ममा अक्षयसँगै कृति सेनन, अरशद वारसी र ज्याकुलिन फर्नान्डिजजस्ता कलाकारको अभिनय थियो । फिल्मको निर्देशन फरहाद सामजीले गरेका थिए ।

अक्षयका फिल्महरु ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओह माय गड २’ निर्माणसँगै प्रदर्शनको चरणमा छन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ४८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु