१३ पुस २०८२, आइतबार | December 28, 2025

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने



वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, “घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ ।” यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उनले बताए ।

कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्युत्को प्रयोगमा जोड दिइएको बताए । यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो ।

उक्त कार्यक्रम प्रभावकारी भएसँगै यसपटक पूरै गाउँपालिकाभरि नै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युत्को पहुँच सबै घरधुरीमा पु(याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ५० बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका