१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा



बागलुङ । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् ।

बागलुङका दुर्गम भेगका विद्यालयभन्दा जिल्ला सदरमुकाममै रहेको रुद्रेपिपल माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यामिक विद्यालय र कालिका कन्या माध्यामिक विद्यालयमै पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थी संस्कार गौतमले बताए ।

अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको रुद्रैपिपल कक्षा १० मा अध्ययनरत विद्यार्थी योजना थापा मगरले बताए । उनले करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले सरकारले पाठ्यपुस्तक समयमै व्यवस्थापन गर्न नसक्दा बालबालिका ठूलो समस्यामा परेको बताए ।

जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दु दुःखद भएको रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताए । उनलेजिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको भन्दै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने बताए ।

“सदरमुकामका ठूला विद्यालय रुद्रेपिपल, विद्यामन्दिर र कालिका कन्या माध्यमिक विद्यालयमा विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आएका छैनन्, हामीलाई पठनपाठनमा समस्या देखिएको छ”, प्रधानध्यापक श्रेष्ठले भने, “सरकारको लापरबाहीकै कारण हो या अन्य कुनै कारण हो यति बेलासम्म पनि विद्यार्थीका हातहातमा पुस्तक पुग्न सकेका छैनन्, जति सक्दो छिटो पाठ्यपुस्तक पु¥याउन आवश्यक देखिन्छ ।”

जिल्लामा पाठ्यपुस्तक ल्याउनका लागि पुस्तक व्यवसायीलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएको समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए । “आंशिक रुपमा पाठ्यपुस्तक आएको छ, हामीले पुस्तक व्यवसायीलाई समयमै पाठ्यपुस्तक ल्याउनका लागि अनुरोध गरेका थियौँ”, प्रमुख उपाध्यायले भने, “अब केही समयमै सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने छन्, हामी विश्वस्त छौँ ।”

बागलुङमा सामुदायिक ५१४ र संस्थागत ५९ गरी ५७३ विद्यालय छन् । संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने आंशिकरुपमा पाठ्यपुस्तक पाएका छन् । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  २ : ४९ बजे

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले